२०८२, ५ फाल्गुन मंगलबार

एमाले पार्टी जोगाउन ओलीको खतरनाक निर्णय

एमाले पार्टी जोगाउन ओलीको खतरनाक निर्णय

माधव पक्षलाई ठूलै झट्का, आगामी मंसिरमा १० औँ महाधिवेशन


काठमाडौँ, २८ फागुन । नेकपा एमालेले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । अदालतबाट फैसलाबाट एमाले ब्यूँतिएपछि बसेको केन्द्रीय समितिको विशेष बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।

माधव नेपाल पक्षीय नेताहरुलाई जानकारी नदिइ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले पार्टीको १० औँ महाधिवेशनको मिति पनि तय गरेको छ । बैठकले पार्टीको १० औँ महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, धावा लामा लगायत २३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।

बैठकले सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

बैठकले विदेश विभाग प्रमुख माधव नेपालको जिम्मेवारी खोसेर राजन भट्टराईलाई दिएको छ भने पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरिएको छ ।
बैठकले विधान संशोधन गरी पार्टीमा ७० वर्षे उमेर हद पनि हटाएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशनसमेत दिएको छ ।

पार्टीका सबै नेता कार्यकर्तालाई विगतका गल्तीलाई सच्याउँदै आत्मसमिक्षाको भावनाका साथ पार्टीमा क्रियाशील हुन आह्वान गरेको वैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७, २८ फाल्गुन शुक्रबार  १० : १७ बजे

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा

एमाले अध्यक्ष केपी शर्मा ओली आज दिनभरि दमकमा व्यस्त

दमक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा