२०८२, ३ असार मंगलबार

एमाले पार्टी जोगाउन ओलीको खतरनाक निर्णय

एमाले पार्टी जोगाउन ओलीको खतरनाक निर्णय

माधव पक्षलाई ठूलै झट्का, आगामी मंसिरमा १० औँ महाधिवेशन


काठमाडौँ, २८ फागुन । नेकपा एमालेले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गरेको छ । अदालतबाट फैसलाबाट एमाले ब्यूँतिएपछि बसेको केन्द्रीय समितिको विशेष बैठकले उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद खारेज गरेको हो ।

माधव नेपाल पक्षीय नेताहरुलाई जानकारी नदिइ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले पार्टीको १० औँ महाधिवेशनको मिति पनि तय गरेको छ । बैठकले पार्टीको १० औँ महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, धावा लामा लगायत २३ जना नेतालाई केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।

बैठकले सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी पनि तोकेको छ । प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।

बैठकले विदेश विभाग प्रमुख माधव नेपालको जिम्मेवारी खोसेर राजन भट्टराईलाई दिएको छ भने पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरिएको छ ।
बैठकले विधान संशोधन गरी पार्टीमा ७० वर्षे उमेर हद पनि हटाएको छ । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशनसमेत दिएको छ ।

पार्टीका सबै नेता कार्यकर्तालाई विगतका गल्तीलाई सच्याउँदै आत्मसमिक्षाको भावनाका साथ पार्टीमा क्रियाशील हुन आह्वान गरेको वैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७, २८ फाल्गुन शुक्रबार  १० : १७ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार