२०८२, २२ चैत्र सोमबार

जसपासँग नजिकिँदै प्रधानमन्त्री ओली

जसपासँग नजिकिँदै प्रधानमन्त्री ओली

राष्ट्रपति र प्रधानमन्त्रीबाहेक अन्य जुनसुकै पद दिन सकारात्मक


काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी ओली जनता समाजवादी पार्टी (जसपा)लाई रिजाएर सत्ता मजबुत बनाउने प्रयासमा लागेका छन् । नेकपा माओवादी केन्द्रले जुनसुकै बेला विश्वासको मत फिर्ता लिन सक्ने भएकाले प्रधानमन्त्री ओली जसरी पनि जसपालाई मनाउने प्रयासमा लागेका हुन् । प्रतिनिधि सभामा ३४ सिट रहेको जसपाले समर्थन जनाए सुविधाजनक बहुमत पुग्ने भएकाले प्रधानमन्त्री ओलीको पहिलो प्रयास जसपालाई मनाउनमै केन्द्रित भएको छ ।

जसपाका नेताहरुले सरकारलाई समर्थन जनाउनका लागि तीन बुँदे माग अघि सारेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार गरेको छलफलमा जसपाका नेताहरुले सांसद रेशम चौधरीलगायत कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको शर्त अघि सारेका छन् ।

पदाधिकारीको बैठक सकेर जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । छलफलमा ठोस सहमति नभए पनि तीन बुँदे सर्तप्रति प्रधानमन्त्री ओलीले आफू सकारात्मक रहेको भन्दै थप छलफल गरेर निष्कर्षमा पुग्ने आश्वासन दिएको बताइएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबाहेक जुनसुकै पद दिनका लागि आफू तयार रहेको सन्देश प्रधानमन्त्री ओलीले अध्यक्ष ठाकुर र नेता महतोलाई दिइसकेका छन् ।

राजपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली नजिक छन् भने अर्का अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई ओली इतरसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् । जसका कारण जसपा फुट्न सक्ने आँकलन पनि गरिएको छ । जसपालाई फुटाएरै भए पनि सरकारलाई सहयोग गर्ने आश्वासन ठाकुर र महतोले दिएको बालुवाटार स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले दल विभाजन अध्यादेश ल्याएपछि रातारात मिलेका यी दुई खेमासँग १७–१७ सांसद रहेका छन् ।

राजपाले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय पनि गरेको । बिहीबार पार्टी कार्यालयमा बसेको शीर्ष नेताको बैठकले वर्तमान राजनीतिक संकट अन्त्यका लागि नेकपा–एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलसँग पाँचै नेताले छलफल गर्ने निर्णय गरेको हो ।

जसपाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि चैत्र ५ गते पार्टीको कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।

प्रकाशित मिति : २०७७, २७ फाल्गुन बिहीबार  ९ : ०६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर