२०८२, २९ बैशाख सोमबार

ओली पक्षको बैठकमा १ सय १५ सांसद उपस्थित

ओली पक्षको बैठकमा १ सय १५ सांसद उपस्थित

उत्साहित हुन सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ २२ फागुन । नेकपा ओली पक्षले आफूले आह्वान गरेको संसदीय दलको बैठकमा १ सय १५ सांसद सहभागी भएको दाबी गरेको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीले यो संख्या अझै बढेर जाने भन्दै उत्साहित हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव ल्याएर सरकारलाई हटाउने हिम्मत कसैको नरहेको भन्दै सांसदहरुलाई उत्साहजनक रुपमा अगाडि बढ्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार बैठकमा प्रतिनिधिसभाबाट ९१ र राष्ट्रिय सभाबाट २४ जना सांसद्हरु गरी १ सय १५ जनाको उपस्थित थिए ।

कानुनी रुपमा नेकपाको संसदीय दल विभाजित हुन कठिन रहेको भन्दै प्रमुख सचेतक भट्टराईले आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु पनि फर्किने विश्वास व्यक्त गरे ।

बैठकले आइतबारदेखि सुरु हुने संसद् अधिवेशन मर्यादित र व्यवस्थित बनाउने निर्णय पनि गरेको छ ।

शुक्रबार नेकपा दाहाल नेपाल पक्षले पनि संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो । संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

प्रकाशित मिति : २०७७, २२ फाल्गुन शनिबार  १० : ०९ बजे

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ

देश संघीयतामा गएपछि विभिन्न चरणहरुमा रेडक्रस सोसाइटीको विधान निर्माणका लागि

लागू औषध सहित दुई युवक पक्राउ

सिरहा । भारतबाट लागुऔषध ओसारपसार गरी ल्याउँदै गरेका दुई युवालाई