२०८२, २२ चैत्र सोमबार

ओली पक्षको बैठकमा १ सय १५ सांसद उपस्थित

ओली पक्षको बैठकमा १ सय १५ सांसद उपस्थित

उत्साहित हुन सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौँ २२ फागुन । नेकपा ओली पक्षले आफूले आह्वान गरेको संसदीय दलको बैठकमा १ सय १५ सांसद सहभागी भएको दाबी गरेको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीले यो संख्या अझै बढेर जाने भन्दै उत्साहित हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव ल्याएर सरकारलाई हटाउने हिम्मत कसैको नरहेको भन्दै सांसदहरुलाई उत्साहजनक रुपमा अगाडि बढ्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार बैठकमा प्रतिनिधिसभाबाट ९१ र राष्ट्रिय सभाबाट २४ जना सांसद्हरु गरी १ सय १५ जनाको उपस्थित थिए ।

कानुनी रुपमा नेकपाको संसदीय दल विभाजित हुन कठिन रहेको भन्दै प्रमुख सचेतक भट्टराईले आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु पनि फर्किने विश्वास व्यक्त गरे ।

बैठकले आइतबारदेखि सुरु हुने संसद् अधिवेशन मर्यादित र व्यवस्थित बनाउने निर्णय पनि गरेको छ ।

शुक्रबार नेकपा दाहाल नेपाल पक्षले पनि संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो । संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

प्रकाशित मिति : २०७७, २२ फाल्गुन शनिबार  १० : ०९ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर