२०८३, २० आश्विन बुधबार

मेलम्चीको पानी काठमाडौँ आइपुग्यो

मेलम्चीको पानी काठमाडौँ आइपुग्यो

लड्डु खाने बेला अहिले हो : प्रधानमन्त्री ओली


काठमाडौँ २१ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँको सुन्दरीजलमा खसालिएको छ । शनिबार प्रधानमन्त्री केपी ओलीले विशेष समारोहकाबीच स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् । गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको हो ।

सुन्दरीजल आइपुगेको पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।

प्रधानमन्त्री ओलीले काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोक बासीलाई धन्यवाद दिँदै केही दिनभित्रै काठमाडौँबासीलाई मेलम्चीको पानी वितरण गरिने बताए । आयोजना ढिलाइ भएकोप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको बताए ।

कार्यक्रमलाई प्रधानमन्त्री ओलीले विकासवादी सरकारलाई ढाल्न खोजेको भन्दै प्रचण्ड माधव पक्षलाई व्यंग्यसमेत गरे । उनले भने ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’

प्रकाशित मिति : २०७७, २२ फाल्गुन शनिबार  ८ : ५५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको