२०८२, २१ असार शनिबार

मेलम्चीको पानी काठमाडौँ आइपुग्यो

मेलम्चीको पानी काठमाडौँ आइपुग्यो

लड्डु खाने बेला अहिले हो : प्रधानमन्त्री ओली


काठमाडौँ २१ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँको सुन्दरीजलमा खसालिएको छ । शनिबार प्रधानमन्त्री केपी ओलीले विशेष समारोहकाबीच स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् । गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको हो ।

सुन्दरीजल आइपुगेको पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।

प्रधानमन्त्री ओलीले काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोक बासीलाई धन्यवाद दिँदै केही दिनभित्रै काठमाडौँबासीलाई मेलम्चीको पानी वितरण गरिने बताए । आयोजना ढिलाइ भएकोप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर काम सम्पन्न हुँदा कतै कालो बाँकी नरहेको बताए ।

कार्यक्रमलाई प्रधानमन्त्री ओलीले विकासवादी सरकारलाई ढाल्न खोजेको भन्दै प्रचण्ड माधव पक्षलाई व्यंग्यसमेत गरे । उनले भने ‘यो खुसीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । यस्तो बेलामा खाने हो ।’

प्रकाशित मिति : २०७७, २२ फाल्गुन शनिबार  ८ : ५५ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न