२०८३, २३ आश्विन शनिबार

मुलुक शान्तिको युगमा प्रवेश : प्रधानमन्त्री ओली

मुलुक शान्तिको युगमा प्रवेश : प्रधानमन्त्री ओली

विप्लवको गरे खुलेर प्रशंसा


काठमाडौँ १५ फागुन । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएसँगै मुलुक शान्तिको युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार विप्लव समूहसँग शान्ति सम्झौतामा हस्ताक्षर भएपछि प्रधानमन्त्री ओलीले अब देशमा कुनै पनि प्रकारको द्वन्द्व नरहेको भन्दै नेपाल शान्ति युगमा प्रवेश गरेको बताएका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आउने नेकपा चन्द समूहको कदमलाई साहसिक कदमको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको बताए ।

हस्ताक्षर कार्यक्रममा विप्लवको निकै प्रशंसा गरेका प्रधानमन्त्री ओली नेकपा दाहाल–नेपाल समूहप्रति भने निकै आक्रामक रुपमा प्रस्तुत भए ।

आफूहरुले कसैलाई प्रधानमन्त्री बनिदेउ भनेर प्रस्ताव नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधव नेपाल आफ्नो प्रधानमन्त्री हटाएर अरुलाई प्रधानमन्त्री खाइदेउ भन्दै किस्तीमा पद लिएर हिँडेको टिप्पणी गरे । प्रधानमन्त्री भने– ‘आफ्नो दुई तिहाई भाँडेर, भत्काएर छोड्ने । आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने । किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न खाइदिनुस् भन्न अन्त जाने ।’

प्रकाशित मिति : २०७७, २१ फाल्गुन शुक्रबार  १० : ०४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य