२०८२, १० माघ शनिबार

मुलुक शान्तिको युगमा प्रवेश : प्रधानमन्त्री ओली

मुलुक शान्तिको युगमा प्रवेश : प्रधानमन्त्री ओली

विप्लवको गरे खुलेर प्रशंसा


काठमाडौँ १५ फागुन । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा शान्ति प्रक्रियामा आएसँगै मुलुक शान्तिको युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार विप्लव समूहसँग शान्ति सम्झौतामा हस्ताक्षर भएपछि प्रधानमन्त्री ओलीले अब देशमा कुनै पनि प्रकारको द्वन्द्व नरहेको भन्दै नेपाल शान्ति युगमा प्रवेश गरेको बताएका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आउने नेकपा चन्द समूहको कदमलाई साहसिक कदमको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले महासचिव नेत्रविक्रम चन्दले नेपाली जनताको मन जितेको बताए ।

हस्ताक्षर कार्यक्रममा विप्लवको निकै प्रशंसा गरेका प्रधानमन्त्री ओली नेकपा दाहाल–नेपाल समूहप्रति भने निकै आक्रामक रुपमा प्रस्तुत भए ।

आफूहरुले कसैलाई प्रधानमन्त्री बनिदेउ भनेर प्रस्ताव नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधव नेपाल आफ्नो प्रधानमन्त्री हटाएर अरुलाई प्रधानमन्त्री खाइदेउ भन्दै किस्तीमा पद लिएर हिँडेको टिप्पणी गरे । प्रधानमन्त्री भने– ‘आफ्नो दुई तिहाई भाँडेर, भत्काएर छोड्ने । आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने । किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न खाइदिनुस् भन्न अन्त जाने ।’

प्रकाशित मिति : २०७७, २१ फाल्गुन शुक्रबार  १० : ०४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई