२०८२, १० माघ शनिबार

काभ्रेबाट चन्दका केन्द्रीय नेता रिहाई, नेत्रविक्रम चन्द आजै सार्वजनिक हुने

काभ्रेबाट चन्दका केन्द्रीय नेता रिहाई, नेत्रविक्रम चन्द आजै सार्वजनिक हुने


काभ्रेपलाञ्चोक २१ फागुन  :  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलालाई आज काभ्रेपलाञ्चोकबाट रिहाई गरिएको छ । सरकार र उक्त पार्टीबीच भएको सहमति घोषणा गर्ने आजकै दिन पार्टीका पश्चिम कमाण्ड तथा विदेश विभागप्रमुख बाँस्तोलालाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले सार्वजनिक गरेको हो । यसैगरी आजै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय महासचिव सार्वजनिक हुने भएको छ ।

करिव दुई सातादेखि धुलिखेलस्थित प्रहरी हिरासतमा रहनुभएका बाँस्तोलालाई जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीय सञ्चारकर्मीसामू विहान दश बजे सार्वजनिक गर्नुभएको थियो । पार्टीका सचिवालय सदस्यसमेत रहनुभएका बाँस्तोलालाई गत पुस अन्तिम साता ललितपुर र मकवानपुरको सिमावर्ती क्षेत्रबाट पक्राउ पर्नुभएको थियो । पक्राउपछि विभिन्न प्रहरी हिरासतमा राख्दै धुलिखेल ल्याइएको हो ।

बाँस्तोलालाई सार्वजनिक गरिएलगत्तै प्रहरीकै सुरक्षामा काठमाडौ लगिएको छ । सरकारसँग भएको सहमति घोषणा कार्यक्रममा सहभागी गराउन बाँस्तोलालाई काठमाडौ लगिएको हो । सरकार र चन्द समूहको नेतृत्वको नेकपाले विहीबार तीनबुँदे सहमति गर्दै नेपाल कम्यूनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्यूनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजीलगायत सहमतिमा समेटिएको छ

प्रकाशित मिति : २०७७, २१ फाल्गुन शुक्रबार  ११ : ३२ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई