२०८३, २३ जेष्ठ आईतबार

निर्वाचन आयोगमाथि पूर्व प्रमुख आयुक्तहरुको प्रश्न

निर्वाचन आयोगमाथि पूर्व प्रमुख आयुक्तहरुको प्रश्न

नेकपा विवाद टुंग्याउन किन ढिलाइ ?


काठमाडौँ १९ फागुन ।निर्वाचन आयोगको भूमिका र कार्यशैलीप्रति पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त वक्तव्य जारी गरी आयोगको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।

नेकपा विवाद निरुपणमा ढिलाइ हुँदा निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले आफूहरुलाई गम्भीर बनाएको उनीहरुद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

नेकपाको विवाद हालसम्म नटुङ्गिएको अवस्थामा पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी गरी प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन आयोगलाई आग्रह गरेका छन् ।

उनीहरुले आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : २०७७, १९ फाल्गुन बुधबार  १० : २२ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति