२०८२, १० माघ शनिबार

निर्वाचन आयोगमाथि पूर्व प्रमुख आयुक्तहरुको प्रश्न

निर्वाचन आयोगमाथि पूर्व प्रमुख आयुक्तहरुको प्रश्न

नेकपा विवाद टुंग्याउन किन ढिलाइ ?


काठमाडौँ १९ फागुन ।निर्वाचन आयोगको भूमिका र कार्यशैलीप्रति पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त वक्तव्य जारी गरी आयोगको भूमिकामाथि नै प्रश्न उठाएका छन् ।

नेकपा विवाद निरुपणमा ढिलाइ हुँदा निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले आफूहरुलाई गम्भीर बनाएको उनीहरुद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

नेकपाको विवाद हालसम्म नटुङ्गिएको अवस्थामा पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी गरी प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन आयोगलाई आग्रह गरेका छन् ।

उनीहरुले आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन अनुरोधसमेत गरेका छन् ।

प्रकाशित मिति : २०७७, १९ फाल्गुन बुधबार  १० : २२ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई