२०८२, ११ पुस शुक्रबार

चीनले नेपाललाई आठ लाख खोप दिने

चीनले नेपाललाई आठ लाख खोप दिने


काठमाडौं १७ फागुन । चीनले नेपाललाई अनुदानमा दिने भनिएको कोरोना भाइरसविरुद्धको खोपको मात्रा बढाएको छ ।

नेपालका लागि चिनियाँ राजदूतले सोमबार ट्वीट गर्दै नेपाललाई दिने खोपको मात्रा बढाएर आठ लाख पुर्याएको जानकारी दिएकी छन् ।

यसभन्दा पहिला चीनले ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको थियो । चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोप अनुदानमा दिन लागेको हो । उक्त खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाइसकेकोे छ ।

नेपालले पहिलो चरणमा भारतबाट आएको कोभिशिल्ड खोप प्रयोग गरेको थियो । भारतले नेपाललाई १० डोज खोप अनुदानमा दिएको थियो भने नेपाल सरकारले थप १० लाख डोज खोप खरिद गरेको छ ।

प्रकाशित मिति : २०७७, १७ फाल्गुन सोमबार  १० : ५६ बजे

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त