२०८२, ५ पुस शनिबार

प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपराह्न ४ बजे

प्रतिनिधि सभाको बैठक फागुन २३ गते अपराह्न ४ बजे

प्रधानमन्त्रीले संसद फेस गर्ने भएपछि दाहाल नेपाल समूह अप्ठ्यारोमा


काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको बैठक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार फागुन २३ गते अपराह्न ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको र सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनका लागि दलहरुबीच तीब्र लविङ सुरु भएको छ । अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने अपेक्षा गरिएको थियो । तर, ओलीले राजीनामा नदिने बरु संसद पेस गर्ने बताएपछि नेकपा दाहाल नेपाल समूहसमेत अलमलमा परेको छ ।

नेपाली कांग्रेस र जसपाले नेकपा दुई समूहको आधिकारिकता नटुंगिएसम्म एक पक्षसँग सहमति गर्न नसक्ने निष्कर्ष निकालेपछि दाहाल–नेपाल पक्ष अप्ठ्यारोमा परेको छ । अविश्वासको प्रस्ताव पेस गरौँ भने पारित हुन नसक्ने डर, नगरौँ भने ओलीको सत्ता झनै लम्बिने भएपछि यो समूहले यसबारे छलफल गर्न स्थायी समिति र केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ । प्रधानमन्त्री ओलीलाई कुन रणनीति अपनाएर हटाउने अझैसम्म निर्णय लिन सकेको छैन ।

उता नेकपा ओली समूहले भने यही सरकारले निरन्तरता पाउने दाबी गरिरहेको छ । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र जसपाले समेत आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्ने जिकिर गरिरहेका छन् । सत्ता सुम्पिनु नै परे दाहाल नेपाललाई भन्दा कांग्रेसका शेरबहादुर देउवाले दिने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । जसले प्रतिनिधि सभा पुनस्र्थापना भएपछि हौसिएर लड्डु खाएका प्रचण्ड र माधव नेपाललाई अप्ठ्यारो परेको छ ।

 

 

प्रकाशित मिति : २०७७, १७ फाल्गुन सोमबार  ९ : ०० बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा