२०८३, १ आश्विन शुक्रबार

प्रचण्ड र माधव समूहलाई प्रधानमन्त्रीको चुनौती : अविश्वासको प्रस्ताव पास गरेर देखाउ

प्रचण्ड र माधव समूहलाई प्रधानमन्त्रीको चुनौती : अविश्वासको प्रस्ताव पास गरेर देखाउ

‘मिस्टर कम्फर्टेबल’ र ‘मिस्टर हेल्लो’ को संज्ञा


झापा, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आइतबार झापाको आफ्नो निर्वाचन क्षेत्रमा चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भए पनि आफूलाई कुनै फरक नपरेको दाबी गरेका हुन् ।

आफूले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले मुद्दा लडेर संसद ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस् । अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् ।’ प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव पासै भइहाले पनि चुनावबाट दुई तिहाई नेतृत्वको सरकार बनाउने दाबीसमेत गरे ।

प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएपछि लड्डु खाँदै माधव नेपालले हिन्दीमा कसलाई फोन गरेको र प्रचण्डले एक टेलिभिजन अन्तरवार्तामा नेपाली कांग्रेस, जसपा र आफ्नो समूह मिलेर सरकार बनाउँदा छिमेकी मुलुक भारतलाई पनि ‘कम्फर्टेबल’ हुने अभिव्यक्ति दिएकोप्रति प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै प्रचण्ड र माधव नेपाललाई ‘मिस्टर कम्फर्टेबल’ र ‘मिस्टर हेल्लो’ को संज्ञा दिए ।

संसद पुनस्र्थापना भएपछि चितवनको सभा छाडेर आफूलाई हटाउन दाहाल र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न आग्रह गरेकोप्रति पनि कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने ‘प्रभु ! संसद पुनस्र्थापना भइसक्यो, यो केपी ओलीलाई हटाउन सकिँदैन । प्रभुले प्रधानमन्त्री स्वीकार गरिदिनुपर्यो । विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाऊँ ।’

प्रधानमन्त्री ओलीले आफैले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव समूहसँग पनि छिट्टै सहमति हुने खुलासा गरे । प्रधानमन्त्री ओलीले भने ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समाधान गर्नेछौं ।’

 

प्रकाशित मिति : २०७७, १६ फाल्गुन आईतबार  ९ : १५ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी