२०८२, १० माघ शनिबार

ओली समूहसँग एक सयभन्दा बढी सांसद रहेको दाबी

ओली समूहसँग एक सयभन्दा बढी सांसद रहेको दाबी

ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही : मुख्य सचेतक भट्टराई


काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफूहरुसँग एक सयभन्दा बढी सांसदहरु रहेको दाबी गरेको छ । नेकपा दाहाल नेपाल समूहले आफूहरुसँग ९३ सांसद रहेको दाबी गरिरहेका बेला शुक्रबार मात्र ओली पक्षको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले उक्त दाबी गरेका हुन् ।

शनिवार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गर्दै संसदमा आवश्यक परे त्यो देखाउन आफूहरु तयारी अवस्थामा रहेको बताएका हुन् । उनले भने–‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु–उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि एक सयभन्दा बढी सांसद छन् ।’

प्रमुख सचेतक भट्टराईले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए आफूहरुले डटेर सामना गर्ने पनि बताए । तर पार्टीका सांसदहरुले पार्टीको ह्विप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने चेतावनीसमेत उनले दिए ।

प्रकाशित मिति : २०७७, १५ फाल्गुन शनिबार  ८ : ५९ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई