२०८२, १० माघ शनिबार

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै नआउने नेम्वाङको दाबी

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै नआउने नेम्वाङको दाबी


काठमाडौँ, १५ फागुन । नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव नै नआउने दाबी गरेका छन् ।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव सफल नहुने भएपछि विरोधीहरु प्रस्ताव ल्याउन नै डराएको टिप्पणी गरेका हुन् ।

अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङको तर्क थियो ।

नेता नेम्वाङले प्रतिनिधि सभा पुनर्स्थापना पछि सरकार झनै बलियो भएको दाबी समेत गरेका छन् । संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनस्र्थापनापछि झनै बलियो भएको उनको दाबी छ । सरकार बलियो हुँदा कामचलाउ भन्नेहरुलाई अहिले अप्ठ्यारो परेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७, १५ फाल्गुन शनिबार  ८ : ३६ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई