२०८२, १० माघ शनिबार

अविश्वासको प्रस्ताव ल्याउन उपप्रधानमन्त्री पोखरेलले दिए चुनौती

अविश्वासको प्रस्ताव ल्याउन उपप्रधानमन्त्री पोखरेलले दिए चुनौती


काठमाडौँ, १४ फागुन । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रधानमन्त्री केपी ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौतीसमेत दिए । अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उपप्रधानमन्त्री पोखरेलले कसैले भन्दैमा जनताले विश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने भन्दै अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन चुनौती दिएका हुन् ।

प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री पोखरेलले अदालतले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको आरोपसमेत लगाए । उनले सबैभन्दा ठूलो अदालत सर्वोच्च नभई जनता भएको जिकिर समेत दिए ।

कार्यक्रममा नेकपा ओली पक्षका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाँड्नुको कुनै अर्थ नरहेको बताए । प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा प्रधानमन्त्री हुन नसक्ने भन्दै रायमाझीले दुई वर्ष थप सांसद हुन पाएकोमा लड्डु खाएको टिप्पणी गरे ।
 

प्रकाशित मिति : २०७७, १४ फाल्गुन शुक्रबार  ९ : ३४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई