२०८३, २९ भाद्र मंगलबार

मेलम्चीको सुरुङमा पानी पठाइयो

मेलम्चीको सुरुङमा पानी पठाइयो

काठमाडौँवासीलाई तीन महिनामा मेलम्चीको पानी : मन्त्री थापा


सिन्धुपाल्चोक, १० फागुन । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि पानी छाडिएको छ । सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनास्थल मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरेका हुन् । साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने छ । परीक्षण सफल भएमा अवको तीन महिनामा काठमाडौंवासीले मेलम्चीको पानी पाउने मन्त्री थापाले बताए ।

सुरुङमा पानी हाल्नका लागि खानेपानीमन्त्री थापासहित खेलकुदमन्त्री दावा लामा, शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ मेलम्ची पुगेका थिए ।

शुरुवाती चरण भएकोले अहिले सुरुङको क्षमता भन्दा कम पानी छाडिने आयोजनाले बताएको छ । आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटर सम्म पानी पठाउने काम भएको जानकारी दिए । सुरुङमा १३ करोड लिटर पानी भरेपछि १० दिन सम्म परीक्षणका लागि राखिने र त्यसपछि पुनः एकपटक सुरुङ खाली गरेर जाँच गरिने उनले बताए ।

मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाईने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि एसियाली विकास बैंकको अनुदान सहयोगमा सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गरिएको थियो ।

 

प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमबार  १० : ४० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक