२०८२, २४ कार्तिक आईतबार

बनेपाका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

बनेपाका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता


काभ्रे, १० फागुन:  बनेपा नगरपालिकाले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

बनेपा नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो । बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले बागमती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट एक हजार रुपैयाँ थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए ।

सो क्रममा उनले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिनसमेत आग्रह गरे । ‘भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनुपर्दछ,’ उनले भने, ‘अहिलेदेखि राम्रो गर्दै जानुभयो भने भविष्यमा अवश्य पनि राम्रो मान्छे बन्नुहुनेछ।’ अहिले वितरण गरेको रकम देख्दा थोरै देखिए पनि एक पैसा पनि नभएको भन्दा यसले धेरै भएको बताउँदै उनले त्यसबाट खर्च गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोग सदस्य यमुना कँडेलले बालबालिकाको संरक्षण कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत भएको बताए । प्रदेशभित्रका अरु पालिकामा पनि यस्तै बालबालिका कति छन् भन्ने तथ्याङ्क नहुँदा कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको उनले बताए ।

‘आगामी दिनमा पालिकासँग समन्वय गरेर वडा वडाबाट विवरण सङ्कलन गरी कस्ता कार्यक्रम सञ्चालन गर्दा कुनै पनि बालबालिका पछाडि पर्दैनन् भन्ने सोचिरहेका छौँ,’ उनले भने, ‘आफ्ना छोराछोरीका बारेमा सबै अभिभावकले सोचेर काम गरिरहँदा त समस्या हुन्छन् भने अभिभावकविहीन बालबालिकालाई कति समस्या होला रु’

समस्यामा रहेका बालबालिकाका लागि प्रदेश र स्थानीय सरकार सधैँ साथमा रहने उल्लेखगर्दै उनले बालबालिका सुखी भएमा मात्रै राष्ट्र सुखी र समृद्ध हुने बताए । रासस

प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमबार  १० : २८ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको