२०८३, १८ श्रावण मंगलबार

बनेपाका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

बनेपाका टुहुरा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता


काभ्रे, १० फागुन:  बनेपा नगरपालिकाले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

बनेपा नगरपालिका र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो । बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले बागमती प्रदेशबाट प्राप्त रु दुई हजारमा नगरपालिकाको तर्फबाट एक हजार रुपैयाँ थप गरी मासिक रु तीन हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए ।

सो क्रममा उनले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिनसमेत आग्रह गरे । ‘भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउनुपर्दछ,’ उनले भने, ‘अहिलेदेखि राम्रो गर्दै जानुभयो भने भविष्यमा अवश्य पनि राम्रो मान्छे बन्नुहुनेछ।’ अहिले वितरण गरेको रकम देख्दा थोरै देखिए पनि एक पैसा पनि नभएको भन्दा यसले धेरै भएको बताउँदै उनले त्यसबाट खर्च गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश नीति तथा योजना आयोग सदस्य यमुना कँडेलले बालबालिकाको संरक्षण कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत भएको बताए । प्रदेशभित्रका अरु पालिकामा पनि यस्तै बालबालिका कति छन् भन्ने तथ्याङ्क नहुँदा कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको उनले बताए ।

‘आगामी दिनमा पालिकासँग समन्वय गरेर वडा वडाबाट विवरण सङ्कलन गरी कस्ता कार्यक्रम सञ्चालन गर्दा कुनै पनि बालबालिका पछाडि पर्दैनन् भन्ने सोचिरहेका छौँ,’ उनले भने, ‘आफ्ना छोराछोरीका बारेमा सबै अभिभावकले सोचेर काम गरिरहँदा त समस्या हुन्छन् भने अभिभावकविहीन बालबालिकालाई कति समस्या होला रु’

समस्यामा रहेका बालबालिकाका लागि प्रदेश र स्थानीय सरकार सधैँ साथमा रहने उल्लेखगर्दै उनले बालबालिका सुखी भएमा मात्रै राष्ट्र सुखी र समृद्ध हुने बताए । रासस

प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमबार  १० : २८ बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह