२०८२, ११ पुस शुक्रबार

आइतबार कोरोनाविरुद्धको १० लाख डोज खोप आउँदै

आइतबार कोरोनाविरुद्धको १० लाख डोज खोप आउँदै


काठमाडौँ ८ फागुन । भारतबाट खरिद गरेर ल्याउन लागिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार आइपुग्ने भएको छ । सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप आइतबार नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो चरणमा १० लाख डोज खोप ल्याउन लागिएको हो । एयर इण्डियाको विमानबाट आइतबार दिउँसो साढे १ बजे खोप आइपुग्ने मन्त्रालयले जनाएको छ । उक्त खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  १० : २२ बजे

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त