२०८३, २२ आश्विन शुक्रबार

प्रचण्डको पतन सुरु भयो : ओली

प्रचण्डको पतन सुरु भयो : ओली

प्रतिनिधि सभा विघटन बदर भए आन्दोलन


विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन भए मुलुक अराजकता र अस्थिरतातर्फ जाने बताएका छन् । शनिबार विराटनगरमा आयोजित वृहत सभामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्र्थापना भए सांसद किनबेच तथा सरकार बनाउने÷ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने दाबी गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ‘कथमकदाचित पुनःस्थापना भए के गर्ने भन्दा अब बहुमतको सरकार रहेन । बहुमतको सरकार रहँदैन । त्यसो भएपछि विभिन्न गठजोड गर्नका लागि फेरि उही सांसद किनबेच, दलहरूका बीचमा मोलतोल, फेरि समीकरण, फेरी सरकार ढलाउ, फेरि सरकार बनाउ फेरि त्यै खेलमा आगामी डेढदुई वर्ष त्यसैमा समाप्त हुन्छ ।’

चुनावका पक्षमा देशभर भएको सभालाई हेर्न अदालतको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले अदालतबाट प्रतिनिधि सभा विघटन सदर नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ’ प्रधानमन्त्रीको भनाइ थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पुनलाई निर्वाचन विरोधी र सापकोटालाई कीर्ते र झगडियाको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डको पतनको बाटो सुरु भइसकेको दाबी गरेका छन् । दाहाल नेपाल समूहकी नेतृ रामकुमार झाँक्रीप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने ‘प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’

 

 

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  ९ : १० बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य