२०८२, २३ भाद्र सोमबार

प्रचण्डको पतन सुरु भयो : ओली

प्रचण्डको पतन सुरु भयो : ओली

प्रतिनिधि सभा विघटन बदर भए आन्दोलन


विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन भए मुलुक अराजकता र अस्थिरतातर्फ जाने बताएका छन् । शनिबार विराटनगरमा आयोजित वृहत सभामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनस्र्थापना भए सांसद किनबेच तथा सरकार बनाउने÷ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने दाबी गरेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ‘कथमकदाचित पुनःस्थापना भए के गर्ने भन्दा अब बहुमतको सरकार रहेन । बहुमतको सरकार रहँदैन । त्यसो भएपछि विभिन्न गठजोड गर्नका लागि फेरि उही सांसद किनबेच, दलहरूका बीचमा मोलतोल, फेरि समीकरण, फेरी सरकार ढलाउ, फेरि सरकार बनाउ फेरि त्यै खेलमा आगामी डेढदुई वर्ष त्यसैमा समाप्त हुन्छ ।’

चुनावका पक्षमा देशभर भएको सभालाई हेर्न अदालतको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले अदालतबाट प्रतिनिधि सभा विघटन सदर नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ’ प्रधानमन्त्रीको भनाइ थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पुनलाई निर्वाचन विरोधी र सापकोटालाई कीर्ते र झगडियाको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डको पतनको बाटो सुरु भइसकेको दाबी गरेका छन् । दाहाल नेपाल समूहकी नेतृ रामकुमार झाँक्रीप्रति व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले भने ‘प्रचण्डजीको मलाई त माया लाग्छ, उहाँलाई पहिला वैद्यले छाड्नुभयो, अनि डाक्टर लिनुभयो, अहिले एउटा भाँक्री लिनुभएको छ, अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन ।’

 

 

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  ९ : १० बजे

जेनजी आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ

काठमाडौं । हालै जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको सामाजिक सञ्जाल बन्द

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा आगजनी

रुपन्देही । जेनजी पुस्ताका युवाहरूले सोमबार प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री

पाथिभरा माताले हामी सबैकोा रक्षा गरुण

कविता हे पाथिभरा माता,तपाईंको पवित्र चरणमाहाम्रो मन सधैं समर्पित रहोस्।

इटहरीमा गोली चल्यो : दुई प्रदर्शनकारीको मृत्यु, एक सशस्त्र प्रहरी घाइते

विराटनगर । सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली