काठमाडौँ, ४ फागुन । प्रतिनिधि सभा विघटनका विषयमा राय लिन सर्वोच्च अदालतले गठन गरेको एमिकस क्युरीले आजबाट राय दिने छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा पक्ष–विपक्षका वकिलहरुको बहस सकिएपछि सर्वोच्चले आजबाट एमिकस क्युरीसँग राय लिन लागेको हो ।
एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली छन् भने सर्वोच्च बार एसोसिएसनले अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौलालाई पठाएको छ । उनीहरुले आजबाट आफ्नो राय दिनेछन् । एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ ।
एमिकस क्युरीले आफ्नो राय राखिसकेपछि फागुन दोस्रो साताभित्र अदालतको फैसला आउने अनुमान गरिएको छ ।
पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।
प्रतिक्रिया