२०८२, ११ पुस शुक्रबार

काभ्रेको चौरी देउरालीबाट हेलिकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार

काभ्रेको चौरी देउरालीबाट हेलिकोप्टर मार्फत सुत्केरी महिलाको उद्धार


बनेपा २ फागुन  :  काभ्रेको चौरीदेउराली गाउँपालिकाबाट सुत्केरी महिलाको उद्धार गरिएको छ । वडा नम्बर २ का फूलमती थापा मगरलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको वडा अध्यक्ष दिनेश तामाङले जानकारी दिनुभयो ।

हिजो देखी उहाँलाई सुत्केरी बेथा लागेपनि सुत्केरी हुन नसकेपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरी काठमाडौंको थापाथली प्रसुती गृहको आकस्मिक कक्षमा उपचार भइरहेको नाग्रे गगर्चे स्वास्थ्य चौकीका प्रमुख बद्री भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार मगरलाई वडामै रहेको महिला तथा बालविकास केन्द्र सामुदायिक अस्पतालमा लगिए पनि त्यहाँ सुत्केरी गराउन नसकिएको हो । सुत्केरी गराउन जटिलता देखिएपछि आमा र बच्चाको ज्यान जोखिममा पर्ने अवस्था सृजना भएकाले हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

प्रकाशित मिति : २०७७, २ फाल्गुन आईतबार  ७ : ४१ बजे

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त