२०८२, ११ माघ आईतबार

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्‍नँ : प्रधानमन्त्री ओली

३ वर्षमा गरेका राम्रो काम देखेर विरोधीहरु छटपटाएका हुन्


काठमाडौँ १ फागुन :  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गएपनि नछाडने बताएका छन् ।

शनिबार बुटवलमा आयोजना गरेको आमसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु केही समयमै पक्राउ पर्ने बताएका हुन ।

जनसभालाई सम्बोधन गर्दै ओलीले भने,‘विरोधीहरु यत्तिकै आत्तिएका होइनन्, यतिकै छट्पटाएका होइनन्, हामीले असाधारण विकास गरेका छौ । र उनीहरुले के सोचे भने अरु केही बर्ष समान्यतया २ बर्ष सरकार चल्थ्यो । अरु डेढ २ बर्ष यो सरकार चल्यो भने फेरि जनताका वीचमा जाँदा अरुका वाकस रित्तै हुन्छन्, खाली नेकपाको बाकस मात्रै भरिन्छ ।’

त्यसकारण अहिले नै सरकार ढाल्नुपर्छ भनेर देशी विदेशी षड्यनत्रकारीहरु जुमजुमाएको ओलीले दावी गरे । ‘खाली अनुहार नराम्रो लागेर मात्रै होइन, कामसँग डराएर । हामी कहिल्यैपनि शिर निहुर्याउन जानेनौँ ।

हाम्रो राष्ट्यितको पक्षमा, स्वाधिनताको पक्षमा समान हकअधिकार हामीले अन्तर्राष्ट्रिय तवरमा पनि हामीले भन्यौँ,’ ओलीले राष्ट्रियता जोगाउन पनि लागि परेको बताए ।

प्रकाशित मिति : २०७७, १ फाल्गुन शनिबार  ६ : ०० बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई