२०८२, १२ फाल्गुन मंगलबार

दाप्चा कृष्ण बहुमुखी क्याम्पसले दसौँ वार्षिकोत्सव मनायो

दाप्चा कृष्ण बहुमुखी क्याम्पसले दसौँ वार्षिकोत्सव मनायो


काभ्रे १ फागुन । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ छत्रेबाँझस्थित दाप्चा–दाप्चा कृष्ण बहुमुखी क्याम्पस १० औँ बार्षिकोत्सव समारोह भव्य रुपमा सम्पन्न भएको छ । नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा गत बिहीबार समारोह सम्पन्न भएको हो ।

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष एवं नमोबुद्ध १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नगरमा शैक्षिक क्षेत्रको विकासका लागि आफूहरु निर्वाचित भएदेखि नै आवश्यक नीति तथा कार्यक्रम तयार पारी कार्यान्वयनमा लगिएको बताए । दाप्चा क्षेत्रको एकमात्र क्याम्पस दाप्चा कृष्ण बहुमुखी क्याम्पसको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने तिमल्सिनाले बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका उपप्रमुख रामदेवी तामाङले शिक्षाको विकासबाट नै मुलुकको विकास हुनुपर्ने भन्दै दाप्चा कृष्ण बहुमुखी क्याम्पसले दाप्चा क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिकाको प्रशंसा गरिन् ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले गुणस्तरीय शिक्षाले नै मुलुकको संर्वाङ्गिण विकास हुने बताए । सामाज रुपान्तरणका लागि व्यक्ति रुपान्तरिक हुनुपर्ने र त्यसका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने उनले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख ज्ञानवहादुर भुजेलले क्यापस स्थापनादेखि अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए ।

क्याम्पसबाट हालसम्म ४० भन्दा बढी विद्यार्थीले स्नातक तह उत्तीर्ण गरिसकेका छन् । २०६७ सालमा स्थापना भएको क्याम्पसमा हाल व्यवस्थापन संकायमा बिबिएस र शिक्षाशास्त्र संकायमा बिएडतर्फको पढाई हुने गरेको छ । स्थानीय शिक्षाप्रेमीहरुको सक्रियतामा देउसीभैलो खेलेर आर्थिक सहयोग संकलन गरी क्याम्पस स्थापना गरिएको थियो । क्याम्पस स्थापनाका लागि १३ सय भन्दा बढीले आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा क्याम्पसका सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो भने बार्षिकोत्सवमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।


दाप्चा माविका प्रधानाध्यापक दिनेश अधिकारी, शिक्षक महासंघ नमोबुद्धका अध्यक्ष पञ्चसिं लामा, समाजसेवी एवं क्याम्पस व्यवस्थापन समितिका पूर्वअध्यक्ष कृष्णवहादुर श्रेष्ठ, सहयोगदाता सूर्यकुमार श्रेष्ठ, युवा व्यवसायी एवं क्याम्पसका सहयोगी धावा लामा, नायिका केकी अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७७, १ फाल्गुन शनिबार  ११ : २३ बजे

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

कोशीपारीमा समृद्धिको मार्गचित्रसहित उम्मेदवार अमित लामा घरदैलोमा

बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं. १ कोशीपारी