२०८३, ११ भाद्र शुक्रबार

सबै क्षेत्रमा इन्टरनेट: मन्त्री गुरुङ

सबै क्षेत्रमा इन्टरनेट: मन्त्री गुरुङ


काठमाडौ, माघ ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकका सबै क्षेत्रमा इन्टरनेट पु¥याउने कामलाई तिव्रता दिइने बताएका छन । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्र्तक्रिया उनले सडक र बिजुली पुगेको स्थानमा अप्टीकल फाइबर र भौगोलिक दुरदराजका क्षेत्रमा भिस्याट पु¥याउने गरी सरकारले काम गरिरहेको जानकारी दिएका हुन् ।

 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सञ्चारक्षेत्रलाई मर्यादित बनाउने काम स्वयं सञ्चारजगतकै रहेको उल्लेख गर्दै पत्रकारलाई संविधानले दिएको अधिकार खोस्ने काममा कोहि पनि नलाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

मन्त्री गुरुङले बिज्ञापन बोर्ड गठन भइसकेको अवस्थामा बिज्ञापनको क्षेत्रमा देखिएका कठिनाई अव क्रमश हट्दै जाने विश्वास समेत व्यक्त गरे । उनले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका सरकारले ल्याउन लागेको जानकारी पनि गराएका छन् । यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उनले स्पष्ट पारेका छन् ।

 

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो’, मन्त्री गुरुङले भने,‘प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।’

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ९ : ३३ बजे

बाढीको नयाँ खतरा देखिएपछि तिब्बतमा उद्धारकर्मी नै पछि हटाइए

बेइजिङ । विनाशकारी बाढी र पहिरोपछि बेपत्ताको खोजीमा खटिएको उद्धार

बाढीग्रस्त उत्तरगयाका अध्यक्षको पीडा-‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्र देखिन्छ’

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बाढी प्रभावित

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

जनै फेरेर र रक्षाबन्धन बाँधेर आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ । देशभर आज वैदिक सनातन धर्मावलम्बीले नयाँ यज्ञोपवीत अर्थात्

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत