२०८२, ११ माघ आईतबार

सबै क्षेत्रमा इन्टरनेट: मन्त्री गुरुङ

सबै क्षेत्रमा इन्टरनेट: मन्त्री गुरुङ


काठमाडौ, माघ ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकका सबै क्षेत्रमा इन्टरनेट पु¥याउने कामलाई तिव्रता दिइने बताएका छन । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्र्तक्रिया उनले सडक र बिजुली पुगेको स्थानमा अप्टीकल फाइबर र भौगोलिक दुरदराजका क्षेत्रमा भिस्याट पु¥याउने गरी सरकारले काम गरिरहेको जानकारी दिएका हुन् ।

 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सञ्चारक्षेत्रलाई मर्यादित बनाउने काम स्वयं सञ्चारजगतकै रहेको उल्लेख गर्दै पत्रकारलाई संविधानले दिएको अधिकार खोस्ने काममा कोहि पनि नलाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

मन्त्री गुरुङले बिज्ञापन बोर्ड गठन भइसकेको अवस्थामा बिज्ञापनको क्षेत्रमा देखिएका कठिनाई अव क्रमश हट्दै जाने विश्वास समेत व्यक्त गरे । उनले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका सरकारले ल्याउन लागेको जानकारी पनि गराएका छन् । यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उनले स्पष्ट पारेका छन् ।

 

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो’, मन्त्री गुरुङले भने,‘प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।’

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ९ : ३३ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई