२०८२, २२ चैत्र सोमबार

नेकपा ओली समूहको बुटवलमा वृहत सभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

नेकपा ओली समूहको बुटवलमा वृहत सभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै


काठमाडौँ १ फागुन । प्रधानमन्त्री केपी ओली समूह नेकपाले आज शक्ति प्रदर्शनसहित ‘लुम्बिनी प्रदेशस्तरीय बृहत् सभा’ गर्दैछ ।

बुटवलस्थित् सिद्देश्वरी मैदानमा हुन लागेको सभामा प्रधानमन्त्री केपी ओलीलगायत अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अहिले कार्यक्रम स्थलतर्फ जुलुससहित मानिसहरु आउने क्रम जारी । सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्ला गरी २ लाख नागरिक उतार्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं ओली समूहका प्रभावशाली नेता पोखरेलले दावी गरेका छन् । राजमार्ग चौराह, गोलपार्क, पश्चिम बुटवल लगायतका बिभिन्न स्थानबाट सुरु भएको जुलुस मिलनचौक हुँदै सभास्थलमा पुगेको छ ।

यसअघि ओली समहले बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंस्थित नारायणहिटी दरबार संग्राहलय अगाडि सभा गरेको थियो । यस्तै, आगामी फगुन ८ गते विराटनगरमा सभा गर्ने ओली पक्षले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ११ : ३५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर