२०८२, ४ कार्तिक सोमबार

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो


काठमाडौँ ३० माघ । नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ प्रतितोला थियो ।

शुक्रबार नेपाली बजारमा चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ११ : १० बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल