२०८२, ११ माघ आईतबार

संसद विघटनको मुद्दा : सरकारी पक्षको बहस आज सकिंदै, एक घण्टा समय

संसद विघटनको मुद्दा : सरकारी पक्षको बहस आज सकिंदै, एक घण्टा समय


काठमाडौं, २९ माघ प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दै छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्री ओलीको पक्षमा बहस गरिरहेका अधिवक्ताले आज एक घण्टाभित्र आफ्नो बहस सक्नुपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको संवैधानिक इजलासमा भोलिसम्ममा बहस सक्न समय दिए पनि भोलि सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै बहस सक्न लागिएको जनाइएको छ ।

बहस गर्ने समय नपाउने भएपछि हिजो प्रधानमन्त्री ओलीको पक्षबाट इजलासमा पुगेका दर्जन बढी कानुन व्यवसायीले इजलासमा आफ्नो नाम टिपाएका थिए । हिजो वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, अन्जन न्यौपाने, माधवकुमार बस्नेत, रमेश गुरागाईं, श्रीधर पुडासैनी, देवी रेग्मी, कृष्णकुमार आङ्दम्बे, विजयप्रसाद मिश्रलगायतले प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका थिए ।

यसअघि प्रतिनिधिसभा विघटनविरुद्धका १३ वटा रिट निवेदकका पक्षबाट ७२ जना कानुन व्यवसायीले १३ दिन बहस गरेका थिए । सरकारी पक्षको बहस गत माघ १९ गतेदेखि सुरु भएको थियो । सरकारी पक्षको बहस सकिएपछि सभामुख अग्नी सापकोटाका कानुन व्यावसायीको बहस बााँकी छ ।

त्यसपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहसपछि पाँच वरिष्ठ अधिवक्ता रहेको एमिकस क्युरीले आफ्नो राय राख्ने छ । फागुन पहिलो साताभित्र बहस सक्ने र फैसला लेखनमा केही दिन लाग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते चुनाव गराउने घोषणा गरेकी हुन्। उक्त कदम असंवैधानिक भएको भन्दै परेका रिटबारे संवैधानिक इजलासमा पक्ष र विपक्षमा बहस भइरहेको हो । संसद् विघटनविरुद्ध अहिले नेकपाकै प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजलगायत आन्दोलनमा छन् ।

प्रकाशित मिति : २०७७, २९ माघ बिहीबार  १२ : २४ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई