२०८३, १५ आश्विन शुक्रबार

पनौती नगरपालिकामा बाख्रा वितरण कार्यक्रम

पनौती नगरपालिकामा बाख्रा वितरण कार्यक्रम

 आर्थिक बर्षमा १ सय ६० वटा बाख्रा वितरण हुने


पनौती १४ माघ : काभ्रेको पनौती नगरपालिकामा यो आर्थिक बर्षमा बाख्रा वितरण गर्ने भएको छ । यो वर्ष १ सय ६० वटा बाख्रा वितरण हुने भएको हो । जमुनापारी र खरी जातको १ सय ५० वटा र बोयर जातको बोका १० वटा गरी यो बर्ष १ सय ६० वटा बाख्रा वितरण गरिने कृषि तथा पशुपछिं शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार बाख्रा वितरण काम टेन्डर मार्फत हुने भएको छ । नगरपालिकाले बाख्रा वितरणको लागि २५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । वडा नं ६, ९ र ११ मा लागू हुने यो कार्यक्रमा २० प्रतिशत किसानहरुको खर्च हुने नगरपालिकाले बताएको छ ।

यो कार्यक्रममा नगरपालिकाका विपन्न, दलित लगायतका लक्षित वर्ग समेटिने छन् । बाख्रा लिने नागरिकलाई तालिम समेत प्रदान गरिने कृषि तथा पशुपछिं शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १४ माघ बुधबार  ९ : २२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि