२०८२, २२ भाद्र आईतबार

नेपाली कांग्रेस केन्द्रीय समिति वैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय समिति वैठक बस्दै

चुनाव कि सडक संघर्ष के गर्ला निर्णय ?


काठमाडौं, १३ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको बैठक आज  बस्दैछ ।

पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गगन थापालगायतका नेताहरु आन्दोलनको पक्षमा छन् । आजको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढ्ने देखिन्छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेण्डा बनाउने निर्णय गरेको छ ।

विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्ने विषयमा कांग्रेसभित्र दुई धार देखिएको छ । सभापति शेरबहादुर देउवा मध्यावधि निर्वाचनको पक्षमा देखिँदा पौडेल पक्षले विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनु पर्ने अडानमा देखिएको छ ।

बैठकपछि प्रतिक्रिया दिंदै नेता पौडेलले पार्टीले आगामी दिनमा कस्तो कदम चाल्ने भनेर निकटहरुसँग परामर्श गरिएको जानकारी दिएका छन् । छलफलले पार्टीको आसन्न १४ औं महाधिवेसन ग्यारेन्टी गर्न सभापति देउवालाई दवाब दिने निर्णय गरेको छ ।

पार्टी समायोजनको बाँकी काम सकेर माघभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन र महाधिवेशनको नयाँ कार्यतालिका सीध्र सार्वजनिक गर्न आजको केन्द्रीय समिति बैठकमा सभापतिलाई दवाब दिने निर्णय भएको छ ।

छलफलमा सहभागी नेता नविन्द्रराज जोशीले प्रतिनिधि सभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै महाधिवेशन सुनिश्चितताका लागि संस्थापन पक्षलाई दबाव दिने विषयमा छलफल भएको जानकारी दिए । सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले अहिल्यै आन्दोलनमा जानु उपयुक्त नहुने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रकाशित मिति : २०७७, १३ माघ मंगलबार  १० : २४ बजे

सेजन अध्यक्षमा भागवत भट्टराई र महासचिवमा कमलकुमार बस्नेत निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

नेपालले राष्ट्रिय एआई नीति पारित, प्रविधि विकासमा नयाँ युगको शुरुआत

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१

निजामती दिवसमा प्रधानमन्त्री ओलीको सन्देश: “सेवा नागरिकसम्म, झन्झट असह्य”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसको अवसरमा

अमेरिकामा हुन्डाइ कारखानामा छापा : ४७५ अवैध आप्रवासी पक्राउ

जर्जिया। अमेरिकाको जर्जिया राज्यस्थित एलाबेल सहरमा निर्माणाधीन हुन्डाइ कम्पनीको ब्याट्री