२०८२, २३ जेष्ठ शुक्रबार

‘हाम्रो खोपले नयाँ कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखियो’ : मोडर्ना

‘हाम्रो खोपले नयाँ कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखियो’ : मोडर्ना


काठमाडौं, १३ माघ : कोभिडको अमेरिकी खोप, मोडर्नाले बेलायत र दक्षिण अफ्रिकामा फेला परेको कोरोना भाइरसको नयाँ रुपविरुद्ध काम गर्ने कम्पनीका वैज्ञानिकहरुले जानकारी दिएका छन् । ल्याब परीक्षणको प्रारम्भिक नतिजाले खोपबाट उत्पन्न एन्टिबडिजले नयाँ भाइरससँग पनि उत्तिकै प्रभावकारी तरिकाले लड्न सक्ने देखाएको हो ।

यसलाई पूर्ण रुपमा पुष्टि गर्न अझ थप रिसर्चको आवश्यकता रहेको पनि बताइएको छ । यो नयाँ रुपान्तरित कोरोना भाइरस यतिखेर थुप्रै देशमा तेजसाथ फैलिरहेको छ । समयसँगै प्राकृतिक रुपमा विकसित भएको नयाँ किसिमको कोरोना भाइरसले सुरुआतमा भन्दा छिटो र सजिलै मान्छेको सेललाई संक्रमित गराउन सक्छ । विज्ञहरुका अनुसार सेप्टेम्बरमा बेलायतबाट उत्पति भएको सो भाइरस तुलनात्मक रुपमा ७० प्रतिशतभन्दा बढी संक्रामक रहेको छ ।

तर, अहिलेका प्रायः खोपहरु शुरुवाती भाइरसको विशेषता अध्ययन गरि निर्माण गरिएको हुँदा यसले नयाँ विकसित कोरोना भाइरस विरुद्ध काम गर्ने–नगर्नेमा चिन्ता बढेको थियो । वैज्ञानिकहरुले खोपको प्रभावकारितामा यसले फरक नपार्ने विश्वास व्यक्त गरे पनि अहिले प्रयोगमा ल्याइएका खोपका कम्पनीहरु यसबारे अनुसन्धान गरिरहेका छन् ।

यसअघि फाइजरको खोपले पनि नयाँ रुपान्तरित भाइरस विरुद्ध काम गर्छ भन्ने नतिजा देखाएको थियो । मोडेर्नासम्बन्धी रिसर्चका लागि यस खोपको दुई डोज लगाइसकेका आठजनाको रगतको स्याम्पल लिइएको हो ।

यसमा नयाँ भाइरसलाई परास्त गर्न मोडर्नाले पर्याप्त एन्टिबडिज उत्पादन गर्न सक्ने पत्ता लागेको हो । तर, यो दक्षिण अफ्रिकामा भेटिएको भाइरसमा भने बेलायतको जति बलियो रुपमा काम नगर्ने देखिएको छ । कम्पनीले बताए अनुसार यसको अर्थ दक्षिण अफ्रिकाको रुपान्तरित भाइरसविरुद्ध यो खोपले दिने सुरक्षा तुलनात्मक रुपमा छिटो हराउन सक्छ ।

बेलायतस्थित वारविक मेडिकल स्कुलका प्रोफेसर लरेन्स योङले यो चिन्ताजनक हुन सक्ने बताए । यस्तो अवस्थामा कम्पनीले अफ्रिकाको नयाँ भाइरसको सन्दर्भमा तेस्रो डोज दिन सकिन्छ कि भन्ने सम्बन्धी परीक्षण गरिरहेको छ ।

अहिले प्रायः वैज्ञानिकहरुले नयाँ प्रकारको भाइरस विरुद्ध लड्न खोपलाई पुनः डिजाइन गर्ने सम्बन्धी विचार गरिरहेका छन् । मोडेर्नाको खोपले पनि फाइजर जसरी नै काम गर्छ र विभिन्न देशहरुमा प्रयोगमा आइसकेको छ । बेलायतमा अहिले ६३ लाखभन्दा बढी मानिसले फाइजर र एस्ट्राजेनेका खोपको पहिलो डोज लगाइसकेका छन् । बीबीसी

प्रकाशित मिति : २०७७, १३ माघ मंगलबार  ८ : ३२ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक