२०८२, २१ असार शनिबार

सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने

सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाका रुपमा सम्मान गर्ने

१० वर्षे सशस्त्र आन्दोलन र जनआन्दोलनमा घाइतेहरुलाई सरकारले सेवा सुविधा प्रदान गर्ने


काठमाडौं, ११ माघ :  सरकारले पूर्वलडाकुलाई लोकतन्त्रको योद्धाको रुपमा सम्मान गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध र जनआन्दोलनमा सहभागी भएर प्रभावित भएकाहरुलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो ।

मुलुकमा लोकतन्त्रका लागि योगदान दिनेहरुका लागि सरकारले सम्मान गर्ने भएको हो । जसका लागि मन्त्रिपरिषदले आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । त्यसैगरी समितिमा सदस्यका रुपमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे रहेका छन् ।

यसअघि पनि जनयुद्धका घाइतेहरुलाई सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

माओवादीको १० वर्षे सशस्त्र आन्दोलन र ०६२/६३ को जनआन्दोलनमा घाइते तथा अंगभंग भएका, आफन्त गुमाएकाहरुलाई सरकारले सम्मान र सेवा सुविधा प्रदान गर्ने भएको हो ।

प्रकाशित मिति : २०७७, १२ माघ सोमबार  ७ : ५० बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न