२०८२, ११ पुस शुक्रबार

काभ्रेमा माघ १४ गते कोरोना विरुद्धको खोप ल्याउने तयारी

काभ्रेमा माघ १४ गते कोरोना विरुद्धको खोप ल्याउने तयारी

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुरूमा कोरोना भाईरस विरुद्धको खोप दिने


धुलिखेल ११ माघ : काभ्रेमा कोरोना भाइरसको उपचार र शव व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुरूमा कोरोना भाईरस विरुद्धको खोप दिने गरी तयारी अगाडि बढाएको छ ।

काभ्रेमा माघ १४ गते ३ हजार ५ सय ८१ जनाको लागि कोरोना विरुद्धको खोप ल्याउने तयारी भैरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो

डाक्टर झाका अनुसार पहिलो चरणमा नमोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिका भित्र रहेका सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीहरुलाई मेथिनकोट अस्पताल भकुण्डेबेसीबाट खोप दिने तयारी गरेको छ ।

यसैगरी बनेपा, पनौती, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर नगरपालिका र भुम्लु, चौरीदेउराली र खानीखोला गाउँपालिका भित्रका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई धुलिखेल अस्पतालबाट खोप सेवा शुरु गरिने भएको छ ।

 

प्रकाशित मिति : २०७७, ११ माघ आईतबार  ६ : १५ बजे

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त