२०८३, ६ कार्तिक शुक्रबार

बेथानचोकमा बम विष्फोट, बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज

बेथानचोकमा बम विष्फोट, बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज


काभ्रेपलाञ्चोक, १० माघ  :  काभ्रेपलाञ्चोकको बनेपामा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम डिस्पोजल गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम फेलापारी डिस्पोज गरेको हो । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य शुरु गरेको थियो । बिहान ३ बजेदेखि अहिलेसम्म ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

अन्य स्थानमा पनि बम राखिएको हुनसक्ने तर बाक्लो हुस्सु लागेको कारण खोज्न कठिनाई भएको प्रहरीले जानकारी दिएको छ । विप्लव समूहले आफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेका छ । यसै क्रममा हिजो साँझ काभ्रेको बेथानचोकमा बम विष्फोट भएको थियो ।

प्रकाशित मिति : २०७७, १० माघ शनिबार  ८ : ३१ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा