२०८३, ७ कार्तिक शनिबार

काभ्रेको मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्ट स्थापना

काभ्रेको मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्ट स्थापना


धुलिखेल ९ माघ :   काभ्रेको रोशी मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्टको स्थापना भएको छ । चेक पोष्ट स्थापना भएपछि विपि राजमार्ग हुदै भित्रने पशुहरुको पशु क्वारेन्टाइनमा जाँच गराउन सजिलो हुने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले बताउनु भयो ।

अस्थाई पशु क्वारेन्टाइन चेक पोष्टको शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले उद्घाटन गर्नुभएकोे  पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार पशु जाँच गर्ने क्रममा कुनै पशुमा रोग देखिएमा तत्काल फिर्ता पठाइने छ । त्यसैगरी रोगी भएका पशुहरुको डाक्टरले दिएको सिफारिसको आधारमा मात्र भित्रन दिइनेछ ।

चेक पोष्टको लागि पालिकाले २ जना कर्मचारीको समेत व्यवस्था गरेको छ । कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डाक्टर मोगलप्रसाद शाह र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्ष भुपेन्द्र खत्रीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ६ : ०९ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने