२०८३, १५ आश्विन शुक्रबार

काभ्रेको मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्ट स्थापना

काभ्रेको मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्ट स्थापना


धुलिखेल ९ माघ :   काभ्रेको रोशी मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्टको स्थापना भएको छ । चेक पोष्ट स्थापना भएपछि विपि राजमार्ग हुदै भित्रने पशुहरुको पशु क्वारेन्टाइनमा जाँच गराउन सजिलो हुने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले बताउनु भयो ।

अस्थाई पशु क्वारेन्टाइन चेक पोष्टको शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले उद्घाटन गर्नुभएकोे  पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार पशु जाँच गर्ने क्रममा कुनै पशुमा रोग देखिएमा तत्काल फिर्ता पठाइने छ । त्यसैगरी रोगी भएका पशुहरुको डाक्टरले दिएको सिफारिसको आधारमा मात्र भित्रन दिइनेछ ।

चेक पोष्टको लागि पालिकाले २ जना कर्मचारीको समेत व्यवस्था गरेको छ । कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डाक्टर मोगलप्रसाद शाह र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्ष भुपेन्द्र खत्रीको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ६ : ०९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि