धुलिखेल ९ माघ : काभ्रेको रोशी मंगलटारमा अस्थाई पशु क्वारेन्टाइन चेक पोष्टको स्थापना भएको छ । चेक पोष्ट स्थापना भएपछि विपि राजमार्ग हुदै भित्रने पशुहरुको पशु क्वारेन्टाइनमा जाँच गराउन सजिलो हुने काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले बताउनु भयो ।
अस्थाई पशु क्वारेन्टाइन चेक पोष्टको शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले उद्घाटन गर्नुभएकोे पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार पशु जाँच गर्ने क्रममा कुनै पशुमा रोग देखिएमा तत्काल फिर्ता पठाइने छ । त्यसैगरी रोगी भएका पशुहरुको डाक्टरले दिएको सिफारिसको आधारमा मात्र भित्रन दिइनेछ ।
चेक पोष्टको लागि पालिकाले २ जना कर्मचारीको समेत व्यवस्था गरेको छ । कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेका प्रमुख डाक्टर मोगलप्रसाद शाह र जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरिक्ष भुपेन्द्र खत्रीको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया