२०८२, १५ पुस मंगलबार

 आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउने तयारीमा भारत

 आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउने तयारीमा भारत

नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने


काठमाडौं ७ माघ :  भारतले नेपाललगायत छिमेकी मुलुकलाई आजदेखि कोरोनाबिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ । पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइनसकेको मन्त्रालय स्रोतले बताएको छ । भारतले अनुदानमा दिने भनेको कोभिसिल्ड खोप प्रयोगका लागि यसै साता सरकारले अनुमति दिइसकेको छ ।

भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ । ‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।’

यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, ७ माघ बुधबार  ७ : ४२ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले