बनेपा ५ माघ : काभ्रेको बेथान्चोक गाउँपालिका ६ भुक्देउका रहेको सरस्वती माध्यामिक विद्यालयले खाजाको लागि आएको रकमले विधार्थीलाई ट्रयाकशुट बितरण गरेको छ ।
विद्यालयको व्यबस्थापन समिति, अभिभावक र शिक्षक मिलेर छात्रवृत्तिको रकममा ५० प्रतिशत थपेर विद्यार्थीहरुलाई ट्रयाकशुट बितिरण गरिएको विद्यालय व्यबस्थापन समिति सदस्य सुनिता थापाले जानकारी दिनुभयो ।
बिद्यालयमा खाजाको लागि आउने रकम थोरै भएकाले विद्यार्थीलाई ट्रयाकशुट बितरण गरिएको प्रधानाध्यापक विष्णुबहादुर थापाले बताउनुभयो । ट्रयाकशुट बितरण वडा अध्यक्ष बिष्णु मोक्तानको सहभागीतामा भएको थियो ।
प्रतिक्रिया