२०८३, १२ आश्विन मंगलबार

कोरोनाको खोपलाई भारतमा २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने

कोरोनाको खोपलाई भारतमा २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने


काठमाडौं, २९ पुस : भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मंगलबार जानकारी दिएका हुन् ।

भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपतकालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ । भारतले अहिलेसम्म कोरोना भाइरसविरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने छ ।

भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए । भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोना भाइरसविरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूले नै यसको विकास गरेका हुन् ।

‘कूल ११० लाखको संख्यामा कोभिशिल्ड खोप उत्पादन गर्ने कार्य भइरहेको छ, यो काम सेरम इन्ष्टिच्यूट अफ इन्डिया ९एसआईआई० ले गरिरहेको छ’, भूषणले भने । त्यसैगरी अर्को खोप कोभ्याक्सिन ५५ लाखको संख्यामा उत्पादन गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए ।

यो भने भारत बायोटेक इन्टरनेशनल लिमिटेड ९बीबीआईएल० ले गरिरहेको हो । त्यसका लागि प्रतिखोप २९५ रूपैयाँ लाग्ने बताइएको छ । दुवै खोप यही जनवरी १४ सम्ममा सरकारलाई प्राप्त भइसक्ने र त्यसको दुई दिनपछि लगाउन थाल्ने सरकारको योजना रहेको छ । एजेन्सी

प्रकाशित मिति : २०७७, २९ पुस बुधबार  ९ : २१ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय