२०८३, २२ आश्विन शुक्रबार

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ

चुनावको घोषणा असंवैधानिक हुन सक्दैन : मन्त्री गुरुङ


काठमाडौं २८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चुनाव घोषणा गरेर ताजा जनादेशमा जाऔं भन्नु असंवैधानिक कदम हुनै नसक्ने बताएका छन् । काठमाडौँमा आज क्रियाशील दलित पत्रकार सङ्घ नेपालको प्रथम वार्षिक साधारणसभामा मन्त्री गुरुङले ताजा जनादेशमा जाने कुराले स्वतन्त्रता हनन भयो वा ‘कु’ भयो भन्नु सरासर गलत भएको बताए ।

उनले अहिलेको परिस्थितिमा नयाँ निर्वाचनमा जानुको कुनै विकल्प नभएको समेत बताए । ‘मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा नयाँ जनादेशमा जाऔँ भन्नु कहाँको असंवैधानिक हो ?’, सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले प्रश्न गरे ।

मन्त्री गुरुङले तत्कालीन माओवादीले जनयुद्धको समयमा प्रयोग गरेको ढाडमा टेकेर टाउकामा हान्ने रणनीति अहिले प्रचण्ड–नेपाल समूहले नक्कल गरेको उल्लेख गर्दै सो रणनीति सफल हुनै नसक्ने दाबी गरे । ‘ढाडमा टेकेर टाउकामा हान्ने रणनीति हिजो असफल थियो, अहिले पनि असफल हुन्छ र भोलि पनि असफल नै हुनेछ’, मन्त्री गुरुङले थपे, ‘अहिलेको अवस्थामा राजनीतिक निकास चुनावबाट मात्र आउने भएकाले सबै राजनीतिक पार्टीहरु यसको तयारीमा लागौँ ।’

उनले प्रेस स्वतन्त्रताका नाममा पत्रकारले अराजकता निम्त्याउने भूमिका खेल्न नहुने धारणा राखे । पत्रकारले समाजलाई दिशानिर्देन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘प्रेस स्वतन्त्रताको नाममा अराजकता निम्त्याउने भूमिकामा पत्रकार लाग्नु हुँदैन ।’ मन्त्री गुरुङले समाजको कलङ्कको रुपमा रहेको छुवाछूतको अन्त्य अपरिहार्य रहेको र त्यसका लागि सबैको प्रयास जरुरी हुने उल्लेख गरे । उनले नयाँ मुद्दा उठाएर समृद्धिको बाटोमा अघि बढ्न दलित समुदायलाई सुझाव दिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रामप्रसाद दाहालले नीतिगतरुपमा निर्णय गरी दलितको मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिँदै समाचार लेख्न छाडेर ब्यानर बोकेर हिँड्नुपर्ने परिस्थितिको अन्त्य गर्न मन्त्री गुरुङसँग आग्रह गरे । समारोहमा दलित समुदायका अग्रज पत्रकार कसमस विश्वकर्मा, गोविन्द परियार, बाबुराम विश्वकर्मा र प्रकाशचन्द्र परियारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७७, २८ पुस मंगलबार  ९ : २४ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य