२०८३, ७ कार्तिक शनिबार

शनिबार थप ३६२ जनामा कोरोना, ६९९ जना निको, ३ जनाको मृत्यु

शनिबार थप ३६२ जनामा कोरोना, ६९९ जना निको, ३ जनाको मृत्यु

सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ जना


काठमाडौँ, २५ पुस :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ९९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५७ हजार ९ सय २८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ८१ जना पुगेको छ । २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय १२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  ८ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना