२०८२, २२ कार्तिक शुक्रबार

दुबै पक्षका गुटगत भेलामा सहभागी नहुने नेकपा स्वर्गद्वारी नगरकमिटीको निर्णय

दुबै पक्षका गुटगत भेलामा सहभागी नहुने नेकपा स्वर्गद्वारी नगरकमिटीको निर्णय


प्यूठान २५ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले मूलतः दुई खेमामा विभक्त छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह निर्माण गरेरै गेटगत भेला तथा विभिन्न कार्यक्रमहरुमा सक्रिय हुँदै आएका छन् ।

स्वर्गद्वारी नगरपालिका प्यूठानको नेकपा नगर कमिटीले भने दुवै पक्षका गुटगत भेलामा सहभागी नहुने निर्णय गरेको छ । शुक्रबार भिंगृको जलुकेमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नगर कमिटीका अध्यक्ष भुवन पुनले जानकारी दिए ।

‘पार्टी विभाजन भैसकेको अवस्था छैन,’ उनले भने, ‘गुटगत भेला÷बैठकहरुमा सहभागी नहुने र जुन पक्ष आधिकारिक संस्थापन हुन्छ त्यहि नै नगरकमिटी हुन्छ ।’ दुवै पक्षले आफू नै आधिकारिक पार्टी भएको दावी गर्दै आएका छन् । निर्वाचन आयोगले नेकपाको आधिकारिकता टुंगो लगाउन बाँकी छ ।

नेताहरु एक–अर्कालाई दोष लगाएर गालिगलौजमा उत्रिए पनि जनता त्यसको पक्षमा नभएको नगरकमिटी सचिव टेकबहादुर भट्टराईले बताए । ‘जनताले विकास निकास चाहिरहेको छ,’ उनले भने, ‘त्यसैले हामी कुनै पक्षमा छैनौं ।’

कुनै व्यक्तिको स्वार्थका लागि पार्टी फुटको पक्षमा नगरकमिटी नरहेको भन्दै उनले सिङ्गो पार्टीलाई बचाइ राख्न यस्तो निर्णय लिइएको बताए । अनलाइन खबरबाट

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  १० : ५३ बजे

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका

सांसदका स्वकीय सचिव कटौतीबारे राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा तीव्र असन्तुष्टि

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा सुरु

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री