२०८२, १० फाल्गुन आईतबार

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल

कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल


काठमाडौं, २५ पुस :   नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन । गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो ।

विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम ९नयाँ वा पुरानो० टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनु परेको छ ।

सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्नरगराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो । कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो ।

असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार पारी कार्यान्वयन गर्न दबाब दिएर हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो । पटक–पटक गरी चार पटक पेसी चढ्दा पनि अन्तिम फैसला हुन सकेको छैन । अर्को पेसी यही पुस २७ गते तोकिएको छ ।

पाठ्यक्रममा विवाद उत्पन्न हुनुको अर्को कारण गणित विषय हटाउनु पनि हो । ‘कोरोना कहरका कारण यस वर्ष कक्षा ११ को पठनपाठन असोजदेखि मात्र सुरु भएको हो,’ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘सरकारले विज्ञानबाट गणित विषय हटाएपछि विवाद उत्पन्न भएको हो । जसका कारण कक्षा सञ्चालनको चार महिना हुँदा समेत नयाँ वा पुरानो कुन पाठ्यक्रमअनुसार विषयवस्तु पढाउने भन्ने अन्योल छ ।

नयाँ र पुरानो पाठ्यक्रमको विषयवस्तु पनि निकै फरक छन् । खै कसरी पढाउने रु विद्यार्थी र शिक्षक दुवै अन्योलमा छन् ।’ एक त कोरोना संक्रमणको उच्च जोखिम, त्यसमाथि समयमै पढाइ थाल्ने वातावरण नहुनु, फेरि नयाँ वा पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने अन्योल हुँदा आधा शैक्षिक सत्र बित्नै लागिसकेकाले अब सरकारले छिटै निकास दिनुपर्ने शिक्षकहरूको माग छ ।

विज्ञान समूहबाट अनिवार्य गणित हटाएर ऐच्छिक बनाएर नयाँ पाठ्यक्रम तयार पारिएकाले विरोधमा गणित शिक्षकहरू उत्रेकाले पनि समस्या खडा भएको प्रधानाध्यापक कँडेलको भनाइ छ । ‘पुरानो पाठ्यक्रमअनुसार कक्षा ११ मा विज्ञानका सबै विद्यार्थीले गणित पढ्न पाउँथे तर नयाँअनुसार कक्षा ११ बाटै गणित हटाएर विज्ञानलाई अपुरो बनाउने काम भयो,’ उनले भने, ‘जीवनोपयोगी तथा सामाजिक शिक्षामा व्यावहारिक, प्रयोगात्मक तथा समसामयिक विषयवस्तु समेटिएको भए पनि गणितबिनाको विज्ञान अपुरो नै हुन्छ । त्यही भएर सरकारले निर्णय सच्याएर समस्याको समाधान गर्नुपर्छ ।’

नेपाल गणित समाजका सहसचिव डा। जीवन काफ्लेले नयाँ र पुरानो पाठ्यक्रमबीच धेरै भिन्नता रहेको बताए । उनले जीव विज्ञानका विद्यार्थीका लागि गणित विषय बन्देज गरी बनाइएको नयाँ पाठ्यक्रमले विज्ञानमा कमजोर जनशक्ति उत्पादन गर्ने औंल्याए । यस्ता जनशक्ति विश्वबजारमै बिक्न चुनौती थपिने उनको तर्क छ । कक्षा ११ बाटै विज्ञानका विद्यार्थीले गणित पढ्न नपाउने व्यवस्थाले ती उत्पादित जनशक्तिमा अनुसन्धान र विश्लेषण गर्ने क्षमतामै कमी आउने उनको ठहर छ ।

नेपाल गणित समाजले शिक्षा मन्त्रालय, पाठ्यक्रम, शिक्षामन्त्री र विभिन्न दलका शीर्ष नेताहरूलाई पटकपटक भेटेर विषयवस्तुबारे अवगत गराउँदै आए पनि सरकारले शिक्षाको नतिजा विदेशी दातृ निकायलाई राम्रो देखाउन गणित हटाएर नयाँ पाठ्यक्रम तयार पारेको आरोप काफ्लेको छ ।

पुरानो पाठ्यक्रम ५ सय पूर्णांकको थियो भने नयाँ पाठ्यक्रम ६ सय पूर्णांकको छ । ‘विषय ५ बाट ६ बढाइयो तर विद्यार्थीलाई रोजाइको बाटो संकुचित गरियो । यसले कक्षा ११ मा अध्ययनरत ३ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ,’ उनले भने, ‘नयाँ पाठ्यक्रममा सरकारले अनिवार्य विषय जीवनोपयोगी तथा सामाजिक शिक्षारगणित राख्ने व्यवस्था गरे समस्या समाधान हुन्छ ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  ८ : ३६ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको