धुलिखेल २३ पुस काभ्रेको पनौती नगरपालिकामा आर्थिक वर्ष ०७७, ७८ का लागि तर्जुमा भएको योजनाहरुको सम्झौता गर्ने काम भैरहेको छ ।
नगर प्रमुख भीम न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयनका हुने योजनाहरु मध्ये करिब ५० प्रतिशतका सम्झौताको भईसकेका छन् । पनौतीमा पालिका स्तरका साना ठुला गरि १५१ वटा, प्रदेश र केन्द्रीय स्तरका २४ वटा विकास निर्माणका योजनाहरु यो वर्ष संञ्चालन हुने नगरपालिकाले जानएको छ ।
पालिका स्तरका योजना मध्ये २१ ओटा टेन्डर प्रक्रिया मार्फत संञ्चालन गरिने भएको छ । नगरपालिकाले प्रत्येक उपभोक्ता समिति गठन पश्चात अभिमुखीकरण कार्यक्रम समेत गरेका छन् । चालु आर्थिक वर्षमा योजनाहरु बैशाख मसान्त सम्ममा सम्पन्न गर्ने योजना नगरपालिकाले बनाएको छ । नगरपालिकाले कृषि र पशुपंक्षि पालन क्षेत्रका लागी विशेष कार्यक्रमहरु संञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया