२०८३, २३ आश्विन शनिबार

कांग्रेसद्वारा आन्दोलन घोषणा : प्रदेशदेखि वडास्तरसम्म प्रदर्शन

कांग्रेसद्वारा आन्दोलन घोषणा : प्रदेशदेखि वडास्तरसम्म प्रदर्शन


काठमाडौं, १९ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनका थपआन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट थप सडक संघर्षका कार्यक्रम ल्याएको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ । कांग्रेसमा आन्दोलनमा जाने विषयमा कुनै विवाद नरहेको उनको भनाई छ ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।यसअघि कांग्रेसले गत पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

प्रकाशित मिति : २०७७, १९ पुस आईतबार  ६ : ०५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य