२०८३, २० जेष्ठ बिहीबार

गुम्बाका मूर्ति हराउँदै, तिब्बतदेखि आउँछन् लुटेरा

गुम्बाका मूर्ति हराउँदै, तिब्बतदेखि आउँछन् लुटेरा


डोल्पा, १८ पुस  :  डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ । यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन् । माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले बताएका छन् । त्यसका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन उनीहरूले सरकारसँग माग राखेका छन् ।

‘उपल्लो डोल्पाका अधिकांश भागमा प्रहरी चौकी छैनन् । भएका पनि बर्खाका केही महिना मात्र हुन् । जाडोमा प्रहरी तलै झर्छन्’, शे–फोक्सुण्डो गाउँपालिका–४ का अध्यक्ष पेमावाङछेन गुरुङले भने, ‘त्यही मौकामा गुम्बाका बहुमूल्य वस्तु चोरी हुने गर्छन् ।’ बौद्धधर्मअनुसार गाउँभन्दा टाढा एकान्तमा गुम्बा राखे चोखो हुने, फोहोरबाट टाढा रहने र पूजापाठ गर्दा रोगब्याध, खडेरी, भोकमरी जस्ता अनिष्ट नहुने विश्वास छ । त्यही आधारमा गुम्बा प्रायः टाढा–टाढा हुन्छन् ।

गुरुङका अनुसार हरेक वर्ष चीनको तिब्बतदेखि लुटेराहरू आउने र डर त्रास देखाएर बुद्धका मूर्ति लुटपाट गरेर लाने गर्छन् । स्थानीय सरकार आएपछि चोरीका घटना केही कम भए पनि रोकिएको छैन । सुरक्षाकर्मी नहुँदा स्थानीयको त्रास बाँकी नै छ ।

माथिल्लो डोल्पामा नौ सय वर्ष पुरानो बौद्धधर्मालम्बीको बसोवासको इतिहास पाइन्छ । त्यतिबेलादेखि स्थापना भएका बौद्ध गुम्बामा रहेका बहुमूल्य सम्पत्ति जगेर्ना अभावमा सकिँदै गएकाले धार्मिक गुरुहरू चिन्तित छन् । माथिल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा सार्वजनिक गुम्बा ६० भन्दा धेरै रहेको पुजारी लामाहरू बताउँछन् । निजी समेत जोड्दा सयभन्दा धेरै छन् ।

माथिल्लो डोल्पामा सबैभन्दा ठूला र प्रसिद्ध मानिएका शे, याङजेर, रिबोक, ढोलुङ, साम्लीङलगायत गुम्बा छन् । ‘गुम्बा अत्यन्त बहुमूल्य सम्पदा हुन् । तिनको सुरक्षामा राज्यको चासो छैन’, याङजेर गुम्बाका गुरु रानाग रिम्पोचे ९डोल्पो बुद्ध० भन्छन्, ‘गुम्बाको संरक्षणमा स्थानीय तहले बजेट विनियोजन गर्नसमेत हिच्किचाउँछन् । जसले गर्दा यी प्राचीन सम्पदा जीर्ण र मूर्तिविहीन हुँदै गएका छन् ।’

ठूलो भूगोल भएको माथिल्लो डोल्पामा पुरातात्विक सम्पत्ति रहे पनि सरकारले त्यस्ता सम्पत्तिको सुरक्षामा कम चासो देखाएको भन्दै स्थानीय आङबहादुर लामाले दुःख व्यक्त गरे । बारम्बार गुम्बा तथा सर्वसाधारणको सुरक्षाको प्रत्याभूत गराउन माग गरे पनि सरकारले वास्ता नगरेको लामाको गुनासो छ ।

मौसम अनुकूलका भौतिक संरचना निर्माण नभएकै कारण प्रहरीहरू चिसोमा माथिल्लो डोल्पामा राख्न नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । ‘हामीलाई सदरमुकाममै प्रहरी चौकी राखिरहन रहर हैन । भौतिक संरचना नभएको कारण चिसोमा राख्न नसकिएको हो’, डीएसपी पाण्डेले भने । उनका अनुसार शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र छार्का ताङसोङ गाउँपालिकाको कागकोटमा कष्ट सहेर भए पनि प्रहरी बसिरहेका छन् ।

जेठमा सुरक्षा दिन गएका प्रहरी असोज लाग्दै सदरमुकाम फर्किन्छन् । ४ महिना मात्रै माथिल्लो डोल्पा बस्ने प्रहरीहरू भौतिक संरचना अभावले आफैं असुरक्षित छन् । माथिल्लो डोल्पाको सुरक्षामा जाने–आउने क्रममा हालसम्म ३ प्रहरीले ज्यान गुमाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७७, १८ पुस शनिबार  ७ : २९ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय